दक्षिण कोरियामा रहेका आप्रवासी नेपालीहरुको लागि सूचना

-

Aug 28, 2012

औद्योगिक दर्घटना, प्राकृतिक कारण र आत्महत्या जस्ता गम्भीर घटनाबाट युवा नेपालीहरुको असामयिक निधनका घटनाहरु बढ्दै गएकोमा नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षा भएको छ र यस किसिमको घटनाबाट दुःखी एवम् मर्माहत समेत भएको छ । नेपालबाट आई औद्योगिक प्रतिष्ठानहरुमा काम शुरु गर्दा काम गर्ने स्थानमा विद्यमान खतराहरुको वारेमा सजग भई विशेष र्सतर्कता लिन र कम्पनीले उपलब्ध गराएका सुरक्षा साधनहरु प्रयोग गर्न यो राजदूतावास अनुरोध गर्दछ । साथै कोरियामा रहंदा आफ्नो स्वास्थ्य प्रति सजग रही वानी व्यवहारमा संयमता अप्नाउन पनि अनुरोध गर्दछ । आफू काम गर्ने कार्यस्थलमा रहेका समश्याहरुका वारेमा र आफू, आफ्नो चिनजान र साथीभाईहरुलाई परेका पीर मर्का र समश्याहरु केही भए सम्भव भएसम्म नेपाली राजदूतावास वा अन्य नेपाली सामाजिक संघसंस्थाहरुको सर्म्पर्कमा आई जानकारी गराउन हुन समेत अनुरोध गरिएको छ ।

द।
९कमानसिंह लामा०
राजदूत