नेपाली राजदूूतावासले "राजदूूत मैत्रीपूूर्ण रनिङ कप" प्रतियोगिता आयोजना गर्ने

नेपाली राजदूूतावासले "राजदूूत मैत्रीपूूर्ण रनिङ कप" प्रतियोगिता आयोजना गर्ने

Sep 30, 2014

नेपाली राजदूतावास र कोरियामा रहेका नेपाली समुदायबीच सौहार्द सम्वन्ध कायम राख्न, नेपालीहरुबीच सम्पर्क र समन्वय विस्तार गरी आपसी भाईचाराको सम्वन्ध विकास गर्दै नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्ने समेत उद्धेश्यले संस्थागत रुपमा नेपाली राजदूूतावास र नेपाली समुदायले आपसी सहकार्य गर्ने गरी नेपाली राजदूतावासको मूल आयोजकत्वमा प्रत्येक वर्ष वडादशैंको सुअवसर पारेर फुटबल खेल सञ्चालन गर्ने गरी "राजदूत मैत्रीपूूर्ण रनिङ कप" प्रतियोगिता आयोजना गर्ने निर्णय भएवमोजिम खेलकुद सञ्चालन गर्न गैर(नेपाली संघ, कोरियाको सहकार्यमा श्री उर्गेन लामाको संयोजकत्वमा खेलकुद सञ्चालन समिति र श्री भिम गुरुङ्गको संयोजकत्वमा खेलकुद सञ्चालन अर्थ समिति गठन भई प्रतियोगिताको लागि आवश्यक सम्पूर्ण कार्यहरुको तयारी पूरा गरिएको छ ।


फुटबल प्रतियोगिताको अवधिमा नै शुभ(विजया दशमीको प्रसाद स्वरुप महामहिम राजदूतज्यूूबाट टिका, जमरा प्रदान गर्नु हुने कार्यक्रम समेत रहेको छ । साथै प्रतियोगिताको समाप्ति पश्चात खेलमा सहभागि सम्पूूर्ण खेलाडीहरुलाई सहभागिताको प्रमाणपत्र सहित प्रथम, द्वितीय र तृतीय हुुने टोलीलाई पूर्वघोषणा वमोजिमको प्रथम हुुने टिमलाई "राजदूत मैत्रीपूूर्ण रनिङ कप" सहित कोरियन वोन २५ लाख, दोश्रो हुुने टिमलाई कोरियन वोन १० लाख र तेश्रो हुुने टिमलाई कोरियन वोन ५ लाख पुुरस्कार राशी प्रदान गरिने छ ।


नेपाल र कोरियाबीच दौत्य सम्वन्ध स्थापना भएको ४० औं वर्ष पुुगेको अवसरमा गत मे १५, १६, र १७, २०१४ मा आयोजना गरिएको वार्षिकोत्सव स्वागत समारोहको कार्यक्रमहरु सहित लगानी सम्वन्धी सेमिनारमा प्रस्तुत गरिएका कार्यपत्रहरुको संगालोलाई पुुस्तकाकारको रुपमा समेत ल्याईएकोले उक्त पुुस्तकको विमोचन पनि सोही दिन गरिने छ ।


गत विगत वर्षहरुमा जस्तै यस वर्ष पनि शुभ(विजया दशमी मनाउने सिलसिलालाई कायम राख्दै गैर(आवासीय नेपाली संघ, कोरियाको मूलआयोजकत्वमा यस वर्षको पर्वलाई स्थानीय कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी विशेष आकर्षणयुक्त वनाईने भएको छ ।


अत: फुटबल प्रतियोगिता र शुभ(विजया दशमी कार्यक्रममा सहभागिताको लागि कोरियामा रहनु भएका सम्पूर्ण नेपालीहरु लगायत नेपाललाई स्नेह गर्नुहुने प्रवासी मित्रहरुलाई सादर आमन्त्रण गरिएको छ ।      


प्रतियोगितालाई दुई समुहमा विभाजन गरी विहान ०८स्०० वजे देखि निम्न दुई स्थानहरुमा शुरु गरिने ब्यहोरा सम्पूर्ण खेलाडी, सहभागि र दर्शकहरुलाई यसै सूचना मार्फत जानकारी गराईएको छ ।


मिति: अक्टोबर ५, २०१४
समय: ०८:०० वजे

Wolgok Artificial Turf Stadium (behind Dongduk University)

San 2-1, Hawolgok-dong, Seongbuk-gu


मिति: अक्टोबर ५, २०१४
समय: ०८:०० वजे
Seoul Jangwi Elementary School
41, 8 ga-gil, Jangwol-ro, Seongbuk-gu
नेपाली राजदूतावास
सिओल
मिति: १४ आश्विन २०७१