सरल उपचारको लागि नेपाली राजदूतावास र Kyung Hee University Hospital बीच सम्झौता

सरल उपचारको लागि नेपाली राजदूतावास र Kyung Hee University Hospital बीच सम्झौता

Jan 18, 2015

विभिन्न पेशा, व्यवशाय गरी वसेका नेपाली व्यापारी, कामदार, विद्यार्थी तथा वैवाहिक भिसामा रहेका नेपाली नागरिकहरुलाई सरल तथा किफायती स्वास्थ्य उपचार प्राप्त हुन सकोस् भन्ने उद्धेश्यमा सहमत भई नेपाली राजदूतावास र सिओलको गाङदोङस्थित Kyung Hee University Hospital बीच आज एउटा सहमति पत्रमा हस्ताक्षर गरिएको छ । सहमति भएवमोजिम अस्पताल भित्रको (अन्तरंग तथा बहिरंग सेवा) उपचार खर्चको बीलमा तीस प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था गरिएकोछ । साथै कुनै नेपाली नागरिक परिस्थितिवस कोरियामा अवैधानिक रुपमा बसेको भएपनि अस्पतालमा भर्ना भई उपचार गराउन सकिने छ । विशेष परिस्थिति परी आर्थिक रुपमा असक्षम विरामीहरुलाई आवस्यक उपचारको लागि समेत राजदूतावास, अस्पताल प्रशासन र समाजिक संघसंस्थाहरु समेतको सहयोग प्राप्त गर्न कोशिस गरी उपचार गराउन प्रयत्न गर्ने समेत सहमति भएकोे छ । अस्पतालमा उपचार गराउन चाहने नेपालीहरुले अस्पतालको अन्तर्राष्ट्रिय विभागमा नाम दर्ता गरी उपचार प्रकृया शुरु गर्नु पर्ने छ ।


सहमति पत्रमा नेपाली राजदूतावासको तर्फबाट नियोग उप(प्रमुख श्री राजाराम बर्तौला र अस्पताल प्रशासन को तर्फबाट Kyung Hee University Hospital का प्रेसिडेन्ट Mr. Gwk, Young-tae ले हस्ताक्षर गर्नु भएको थियो ।  


नेपाली राजदूूतावास
सिओल
मितिः ३ माघ २०७१

 


Download